ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

२०७८ जेठ, २८  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २८, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. ३०० ले घटेको सुनको मूल्य शुक्रवार रू. ६०० बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९४ हजार ५०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३  हजार ९०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ६०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९४ हजारमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ४०० मा कारोबार भएको थियो । 

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीवार प्रतितोला रू. १ हजार ३५५ मा कारोबार भएको चाँदी शुक्रवार रू. १ हजार ३७० खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी रू. १५ ले बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्