ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेशनल माइक्रोफाइनान्सकोे लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आइतवार

२०७८ जेठ, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २८, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आइतवार बैकिङ  समयसम्म रहेको छ । 

कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा विक्री ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्नेछ । 

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतमको लागि हुने हद नलाग्ने कम्पनीले बताएको छ । 

बोलपत्र जेठ ३१ गते अपरान्ह ३ बजे एनआइविएल एस क्यापिटल लाजिम्पाटमा खोलिने छ ।विक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्