ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सीईडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीले तीन वर्षसम्म शेयर विक्री गर्न नपाउने 

२०७८ जेठ, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २८, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका संस्थापक र कर्मचारीले आगामी तीन वर्षसम्म शेयर विक्री गर्न नपाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डको निर्देशिका बमोजिम निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको शेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेर बाँडफाँट भएको मितिले तीन वर्षे अवधि पुरा नभई विक्री गर्न नपाउने भन्ने रहेको छ । 

कम्पनीले गत वैशाख ३१ गते  आईपीओ बाँडफाँट गरेको थियो  । सोही आधारमा कर्मचारी र संस्थापक समूहको शेयर आगामी विसं २०८१ वैशाख ३० गतेसम्म लकिङ भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्