ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल  

२०७८ जेठ, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २८, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । 

कम्पनीले गत वैशाख १२ गते सम्पन्न वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । 

सोही अनुसार ७ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ७५ लाख पुगेको छ । कम्पनीले सोही पूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

४० प्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६२ करोड पुग्नेछ । कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्नका लागि बीमा समितिले पनि स्वीकृति दिएको छ । 

कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ ।

बिहीवार कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २३ रुपैयाँले कमि आएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३१० कायम भएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्