ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोभिडका कारण बन्द रहेको नर्भिकको ओपीडी आइतवारदेखि सञ्चालनमा आउने

२०७८ जेठ, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २८, काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आइतवारदेखि बन्द रहेको ओपीडी सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ । 

कोभिड- १९ को दोश्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपीडी सेवा बन्द गरेको थियो । 

पछिल्लो समय कोभिड संक्रमण निरन्तर घटिरहेको भन्दै नर्भिकले कोभिडका बिरामीको संख्या घट्नु र नन्कोभिडका बिरामीको संख्या ह्वात्तै बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल सञ्चालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन) को निर्णयअनुसार ओपीडी सेवा पुनः सुचारु गर्न लागेको नर्भिकले  बताएको छ । 

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार अस्पतालमा आउने बिरामीहरुको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर पूर्ण रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित ओपीडी सेवा संचालनमा ल्याउने तयारी गरिएको छ ।

आइतवारदेखि कोभिडको दोश्रो लहर फैलिनुअघि सञ्चालनमा रहेका बहिरंग विभाग अन्तर्गतका सबै सेवा उपलब्ध हुने नर्भिक अस्पताले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्