ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिद्धार्थ इन्स्योरेन्सको १९औं वार्षिक साधारण सभा सम्पन्न, १५.७९% लाभांश पारित 

२०७८ जेठ, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २८, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १९औं वार्षिक साधारण सभा आज (शुक्रवार) सम्पन्न गरेको छ । सभा बिहान ११ बजे कम्पनीको भवन बबरमहल, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । 

सभाले १२ प्रतिशत बोनस शेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश गरेर कुल १५ दशमलव ७९ प्रतिशत लाभांश पारित गरेको छ । 

साथै, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । १२ प्रतिशत बोनस शेयर वितरण पछि उक्त पूँजी रू. १ अर्ब १२ करोड पुगेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्