ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वीरगञ्जस्थित स्पर्स अस्पतालले शुरु गर्‍यो ओपीडी सेवा

२०७८ जेठ, २८  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २८, वीरगञ्ज । वीरगञ्जको स्पर्स सुपरस्प्यासिलिटी अस्पतालले ओपीडी सेवा शुरू गरेको छ ।

अस्पतालले शुक्रवार पत्रकार सम्मेलन गरी यस्तो सेवा शुरू गरिएको जानकारी दिएको हो । तत्कालका लागि २५ ओटा शय्यामा सेवा थालिएको जानकारी अस्पतालका अध्यक्ष डा महेश्वरप्रसाद कुर्मीले दिए । आवश्यकतअनुसार शय्याको संख्या थप्दै जाने योजना अस्पतालले बनाएको छ । 

यो अस्पतालले यसअघि कोरोना संक्रमितको उपचार गर्दै आएको थियो । गत वैशाख २६ गतेदेखि कोरोना संक्रमितको उपचार थालेको अस्पतालले शुक्रवारदेखि अन्य बिरामीको पनि उपचार थालेको डा कुर्मीले बताए । 

अस्पतालले अहिलेसम्म ६६ जना कोरोना संक्रमितको उपचार गरेको छ । उपचारका लागि भर्ना भएका संक्रमितमध्ये ४८ जना निको भइसकेको र चार जना अहिले संक्रमणमुक्त भएर पनि उपचाररत रहेको अस्पतालले बताएको छ ।

अस्पतालले कोरोनाकोे उचारका लागि १० ओटा शय्या छुट्याएको जानकारी कुर्मीले दिए । वीरगञ्जमा कोरोना संक्रमण घट्दै गएपछि अस्पतालले अन्य बिरामीको उपचार थालेको हो ।

 अस्पतालमा मस्तिष्कतथानशा रोग, पेटसम्बन्धी समस्या, बाल तथा नवजात शिशु रोग, मधुमेह, थाइराइड, मृगौला तथा मुत्रनली, हाडजोर्नी, महिला तथा प्रसुती समस्याको उपचार गरिने डा कुर्मीले बताए । 

मुटुरोग, नाक, कान घाँटी सम्बन्धी स्वास्थ्य समस्याको पनिउपचार गरिने अस्पतालले बताएको छ । वीरगञ्जका आठ जना चिकित्सकहरूको लगानीमा अस्पताल सञ्चालनमा आएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्