ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सुनसरीमा असार पहिलो सातादेखि लकडाउन थप खुकुलो बनाउने तयारी

२०७८ जेठ, २९  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २९, सुनसरी । दुई दिनदेखि खुकुलो बनाइएको सुनसरीको लकडाउनलाई असार पहिलो सातादेखि थप खुकुलो बनाउने तयारी सुनसरी जिल्ला प्रशासनले थालेको छ । 

शुक्रवारदेखि समय सिमा तोकेर व्यापार व्यवसाय खुल्ने गरि लकडाउन खुकुलो बनाइएको छ । असार पहिलो सातासम्म यही अवस्थालाई अध्ययन गरि लकडाउनलाई थप खुकुलो बनाउने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ । 

कोभिडको कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न गृह मन्त्रालयले ७७ ओटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिए लगत्तै सुनसरी प्रशासनले असारको पहिलो साताबाट व्यावसायहरू खुलाउने तयारीमा जुटेको हो । 

असारको पहिलो सातासम्म यहि परिधिमा रहेर अवस्थाको अध्ययन गरिने र त्यसपछि पुनः परिमार्जन गरि व्यवसायीहरूलाई पनि सहजता प्रदान गर्न निश्चित समय तोकेर व्यवसायहरू सुचारू गर्न लागिएको जिल्ला प्रसाशन कार्यालय सुनसरीका प्रमुख उमेश प्रसाद ढकालले बताए । 

जिल्लामा जेठ ३१ गते निषेधाज्ञाको समय सकिदैछ । गृहमन्त्रालयबाट आएको परिपत्र अनुसार सम्बन्धित स्थानीय सरकार, उद्योग वाणिज्य संघहरूसँग छलफल गरी सहजीकरण गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताए । 

असार पहिलो साताबाट व्यापार व्यवसाय सञ्चालन गर्ने विषयमा सरोकारवाला निकायहरुसँग छलफल शुरु गरिएको उनले बताए । छलफलमा असारको पहिलो साताबाट व्यवसाय सुचारू गर्ने सहमति भए स्वास्थ्य मापदण्डको पालना अनिवार्य गर्दै लकडाउन थप खुकुलो हुने उनले बताए । 

शुक्रवारदेखि खुकुलो भएको सुनसरीका बजारहरुमा चहलपहल पनि शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले समय सिमा तोकेर बजार, पसल खुल्ला गरिदिएपछि बजारमा व्यापारी, उपभोक्ताहरुको चहलपहल शुरु भएको छ । प्रशासनले स्वास्थ्य मापदण्ड अपनाएर बिहान १० बजेदेखि ३ बजेसम्म पसल खुला गर्न लगाएको छ ।

सब्जी मण्डी, गुद्री, हाट बजारमा विक्री वितरणमा रोक लगाए पनि खुद्रा व्यवसायीहरुले खुला नै गरेका छन् । एक महीनाको लकडाउनले प्रभावित बनेको व्यापार व्यवसायलाई केही राहत भएको व्यापारीहरु बताउँछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्