ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

बाढीले बस्तीसहित कार्यालयका भवन जोखिममा

२०७८ जेठ, ३१  
गण्डकी प्रदेश
NA

म्याग्दी  । म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाटस्थित सरकारी कर्मचारी आवास क्षेत्रमा शनिवार बिहान बाढी पसेको छ । शुक्रवार साँझदेखि परेको वर्षापछि पाखोबाट आएको बाढी पसेर सातओटा आवास भवन र दुईओटा नर्सरीमा क्षति पुगेको छ । बेनी–अर्थुंगे सडकको भल नाली बाहिर बगेर बाढी आउन थालेपछि मंगलाघाट क्षेत्रमा रहेको आठओटा कार्यालयका भवन र मुस्लिम समुदायको सुकुमबासी बस्ती समेत जोखिममा परेको छ ।    
 
भू तथा जलाधार संरक्षण, वन डिभिजन र कृषि ज्ञान केन्द्रका कर्मचारी बस्ने दुई÷दुईओटा आवास भवन, भू–संरक्षण र वन डिभिजन कार्यालयको नर्सरीका साथै नर्सरीको भण्डारण भवनमा बाढी पसेको छ । सहायक वन अधिकृत नवीन विश्वकर्माले सातओटा भवनको भुई तलामा बाढी पसेर हिलाम्मे भएको बताए ।

वन डिभिजनको बहुवर्षे र भू तथा जलाधार संरक्षण कार्यालयको नर्सरीका बिरुवा बाढीले पुरेर नष्ट गरेको छ । रोप्न तयार भएका दुईओटा नर्सरीका एक लाख ५० हजार बिरुवा नष्ट भएका छन् । सो ठाउँमा गतवर्षको भदौमा समेत बाढी पसेको थियो । भू तथा जलाधार संरक्षण कार्यालय म्याग्दी एकाइका प्रमुख शम्भुकुमार मिश्रले गतवर्षको बाढीले थुपारेको माटो व्यवस्थापन गरेको तीन दिन नबित्दै पुनः बाढी आएको बताए । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement