ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सुर्खेतमा असार १० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय 

२०७८ जेठ, ३१  
कर्णाली प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ३१, वीरेन्द्रनगर । सुर्खेतमा निषेधाज्ञा खुकुलो बनाएर १० दिन लम्ब्याउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार असार १० गतेसम्म केही खुकुलो गरी निषोधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ । पछिल्लो पटक थप गरिएको निधेषाधाज्ञा आज (सोमवार) राति १२ बजेदेखि सकिदै छ ।

जिल्ला प्रशासन कार्यलय सुर्खेतका अनुसार निषेधाज्ञा खुकुलो बनाएर अब हरियो तरकारी, फलफूल, खाद्यन्न, दुध, माछा/मासु, अण्डा, एग्रोभेट, बीउविजन, रासायनिक मल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने पसल व्यवसायहरु खोल्न पाईने भएको छ । जसका लागि निश्चित समय पनि तोकिने भएको छ ।

जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिन थालेपछि वैशाख १४ गतेदेखि सुर्खेतमा निषेज्ञाधा जारी भएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्