ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बेलायतको रोजगारी सृजनामा कीर्तिमानी वृद्धि 

२०७८ असार, १  
अन्तरराष्ट्रिय
Image Not Found

असार १, लन्डन (बेलायत) । गत महीना बेलायतको अर्थतन्त्रले अहिलेसम्मकै उच्च रोजगारी सृजना गरेको छ ।

त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मे महीनामा १ लाख ९७ हजार नयाँ  रोजगारी सृजना भएको छ । 

यो सन् २०१४ मा रेकर्ड राख्न थालेयताकै उच्च वृद्धि हो । योसँगै अप्रिलसम्मको तीन महीनामा ४ दशमलव ८ प्रतिशत रहेको बेरोजगारी दर मेसम्मको तीन महीनामा घटेर ४ दशमलव ७ प्रतिशतमा आएको छ ।

तर बेरोजगारी दर युवामाझ अनि विशेषगरी लन्डनमा उच्च छ ।यद्यपि रोजगारी महामारी पूर्वको तुलनामा भने अझै पनि ५ लाख कम छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्