ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बेलायत र अष्ट्रेलिया बीच ब्रेक्जिटपछिको पहिलो व्यापार सम्झौता 

२०७८ असार, १  
अन्तरराष्ट्रिय
Image Not Found

असार १, लन्डन (बेलायत) । बेलायत र अष्ट्रेलिया बीच व्यापार सम्झौता भएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनका अष्ट्रेलियाली समकक्षी स्कट मरिसनले सम्झौतामा सहमति गरेका हुन् । 

नयाँ सम्झौतापछि कार, स्कच ह्विस्की, बिस्कुट र सेरामिक जस्ता बेलायती सामानहरु विक्रीका लागि सस्तोमा अष्ट्रेलिया पुग्नेछ । यद्यपि मूल्य र स्तरमा कमी आउने हो कि भन्ने चिन्ता बेलायती किसानहरुको छ । 

बेलायतले यूरोपेली संघ (ईयू) छाडेपछिको दुई पक्ष बीचको यो पहिलो सम्झौता हो । एशिया प्रशान्त स्वतन्त्र व्यापार सम्झौतामा बेलायतको सहभागितातर्फ यसलाई महत्वपूर्ण कदमका रुपमा हेरिएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्