ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोभिड अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

२०७८ असार, २  
कर्णाली प्रदेश
Image Not Found

सुर्खेत (अस) । एसओएस बालग्राम सुर्खेतले वीरेन्द्रनगर कोभिड अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । बालग्रामले ३५ औं अन्तर्राष्ट्रिय एसओएस दिवस अवसर पारेर कोभिड–१९, संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन वीरेन्द्रनगर कोभिड अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको हो ।

सहयोग सामग्री वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, वडा नम्बर ७ का वडाध्यक्ष धु्रवकुमार चपाईलगायतको उपस्थितिमा एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नगरप्रमुख सुवेदीले एसओएस बालग्रामले वीरेन्द्रनगर कोभिड अस्पतालमा बालमैत्री वार्ड स्थापनाका लागि गरेको पहल सराहनीय भएको बताए । उनले वीरेन्द्रनगर कोभिड अस्पतालमा तत्कालै कम्तीमा ५ शय्याको बालमैत्री वार्ड स्थापना गर्ने प्रतिबद्धता जनाए । निर्देशक गिरीले एसओएस परिवार सबलीकरण कार्यक्रमअन्तर्गत करिब २ लाख मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरिएको जानकारी दिए । उनले भने, ‘विज्ञहरूको सुझावलाई आधार मानेर वीरेन्द्रनगर कोभिड अस्पतालमा बालमैत्री वार्ड स्थापनाका लागि दुई वटा मनिटर सहयोग गरेका हौं ।’

उनले कोभिड–१९, महामारीले बालबालिकामा पर्ने सक्ने जोखिमलाई दृष्टिगत गर्दै अस्पतालमा कम्तीमा ५ शय्याको बालमैत्री वार्ड स्थापना गर्न सुझाए । उनका अनुसार एसओएस बालग्रामका संस्थापक प्रोफेसर डा. हर्मन माइनरको स्मितिमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय एसओएस दिवस मनाउने चलन छ । एसओएस बालग्रामले ३५ वर्षदेखि कर्णाली प्रदेशसँगै लुम्बिनीको बाँके, बर्दिया र दाङलगाया जिल्लाका अभिभावकको संरक्षण गुमाएका तथा जोखिममा रहेका बालबालिकालाई विभिन्न कार्यक्रममार्फत संरक्षण गर्दै आएको छ ।

हाल एसओएस बालग्राम सुर्खेतले ५ सय ३० जना बालबालिकाको निःशुल्क स्वास्थ्य, शिक्षासँगै संरक्षण गर्दै आएको निर्देशक गिरीले जानकारी दिए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्