ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ऊर्जा उत्पादकहरूको लिखित माग

२०७८ असार, २  
१० वर्ष अघि
NA

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संगठन इप्पानले सरकारसमक्ष लिखित माग पेस गरेको छ । इप्पानले गत मंगलवार ऊर्जामन्त्री डा. प्रकाशशरण महतलाई भेटेर दुई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा अहिले अनिवार्य गरिएको पर्फमेन्स ग्यारेन्टी (बैंक जमानत) को खारेजी र अन्य विभिन्न मागसमेत रहेको छ ।

बैंकहरूबाट ऋण लिँदा नै जमानत बराबरको रकम प्राधिकरणको नाममा जम्मा गरेर बाँकी मात्र आयोजनालाई दिने नीति अपनाउने प्राधिकरणको अर्को योजना रहेको छ । ‘यसले आयोजनाको लागि आवश्यक पुरै रकम विकासकर्ताको हातमा पर्दैन, जसका कारण धेरै रकम अपुग हुने हुँदा फेरि व्यवस्था गर्न पनि गाह्रो हुन्छ । र, आयोजना पूरा गर्न समस्या हुन्छ’ इप्पानका व्यवस्थापक प्रदीप गंगोलले भने । यो सर्तले जलविद्युत्का वास्तविक लगानीकर्ता निरुत्साहित हुने हुनाले सरकारले आफ्नो निर्णय तत्काल खारेज गर्नुपर्ने इप्पानको माग छ ।

पर्फमेन्स ग्यारेन्टीको सर्त लागू गरिएका बारे भने आफूलाई जानकारी नभएको ऊर्जामन्त्री महतले भेटमा भनेको इप्पानका एक सदस्यले बताए । यसबाट सम्बन्धित मन्त्रीलाई जानकारी नभएको कुरा मन्त्रालयले निर्णय गरी प्राधिकरणले लागू गरेको देखिन्छ । तर, यस विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल गरी कार्यान्वयनका लागि पहल गर्ने महतले बताएका छन् ।

जलविद्युत्को विकासका लागि आफ्ना मागहरू उचित र अपरिहार्य भएकाले यसलाई आगामी बजेट तथा आर्थिक विधेयकमार्फत् सम्बोधन गर्नुपर्ने इप्पानको तर्क छ ।

वर्ष ५, अंक ४३, २०६७, असार १४–२०

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्