ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा

२०७८ असार, २  
वाग्मती प्रदेश
Image Not Found

असार २, चितवन । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०:५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो । 

नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन शुरु गरेको बताए । उनका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो । 

सोही १० दशमलव एक मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । सो विन्दुको रेकर्ड गए राति तोडिएको उनले जानकारी दिए । रायले भने, ‘सन् १९६२ यताकै सबैभन्दा बढी गए राति मापन गरिएको छ ।’ यसबीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह नौ दशमलव छ मिटर रहेको उनले जानकारी दिए । 

सन् १९६३ देखि हालसम्मको तथ्यांकलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो । 

नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ । रासस

प्रतिक्रिया [1]
User Image

spandey

[Jun 16, 2021 06:31am]

"इतिहासकै उच्च विन्दुमा" के लेख्या यो WHORE पत्रुकार ? तँलाई इतिहास भनेको के हो पहिला थाहा छ ? पाठकलाई भ्रमित पार्ने काम गर्न मात्र तैले जानेछस् है ? तेरो लागि इतिहास भनेको त कुन ग्राहकले तँलाई कहिले कति पटक 8⊏⊃ (‿o‿) गर्‍यो त्यही नेै होला हैन !


प्रतिक्रिया दिनुहोस्