ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

शिवराज नगरपालिकालाई अशोक लेलैण्डको बारुण यन्त्र हस्तान्तरण

२०७८ असार, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असार २, काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले कपिलबस्तुस्थित शिवराज नगरपालिकालाई बारुणयन्त्र(दमकल) हस्तान्तरण गरेको छ ।

उक्त सुविधा सम्पन्न बारुणयन्त्र नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा हालै नगरपालिकालाई हस्तान्तरण गरिएको हो । शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई सो बारुणयन्त्र आइएमई मोटर्स प्रालिका कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले  दमकल आफ्नो नगरपालिकामा पहिलो पटक खरीद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै आगलागिका घटनामा नगरवासीको जीउधनको रक्षा गर्न र क्षतिको  रोकथामको उपयोगी साबित बताए ।

अशोक लेलैण्डको १२१२ इकमेट मोडलको च्यासिसमा बनाईएको दमकलमा ४ हजार लिटर पानी अट्ने क्षमता रहनु कासाथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्