ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

जोशी हाइड्रोपावरसहित ५ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा घट्यो

२०७८ असार, २  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार २, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा पाँच ओटा जलविद्युत् कम्पनीको शेयरमूल्य उच्च दरमा घटेको छ । 

यो दिन सबैभन्दा बढी जोशी हाइड्रोपावरको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ६५ प्रतिशतले घटेको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३०९ मा झरेको छ । त्यसैगरी घलेम्दी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ४७ प्रतिशत,आँखुखोला जलविद्युत् ९ दशमलव २३ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव १७ प्रतिशत घटेको छ । 

ती पाँच ओटै कम्पनीहरु मंगलवार नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनी भनेर निकालेको सूचीमा परेका थिए । सोही कारण लगानीकर्ताले पेनिक भई शेयर विक्री गर्दा मूल्यमा उच्च गिरावट आएको हो । 

उक्त अवधिसम्ममा घलेम्दी हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३२५,आँखुखोला जलविद्युत् कम्पनीको रू. २९५ र पञ्चकन्या माई हाइड्रोपावरको रू. ३०७ मा झरेको छ । 

केहि दिन अगाडिसम्म ती पाँच ओटै कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा वृद्धि हँुदै आएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्