ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

२९५९.४८ विन्दुमा झर्‍यो परिसूचक, कारोबार रकम करीब साढे ११ अर्ब (२ बजेको अपडेट)

२०७८ असार, २  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार २, काठमाडौं । बुधवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ६२ दशमलव ६२ अंकले घटेर २ हजार ९५९ दशमलव ४८ विन्दुमा पुगेको छ । 

२ दशमलव शून्य ७ प्रतिशतले घटेको बजारमा २१७ ओटा कम्पनीकोे रू. ११ अर्ब ४३ करोड १ लाख ९३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये लघुवित्त समूहको परिसूचक २ दशमलव ७ प्रतिशतले बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत् वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ । जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ७ दशमलव ९८ प्रतिशतले घटेको छ । 

यस अवधिसम्म नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४४ करोड ८५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २९१ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ८५३ मा रू. २७ करोड ६० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्