ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

निषेधाज्ञा लागू भएसँगै घट्यो डिजिटलमार्फत भुक्तानी हुने कारोबार

२०७८ असार, २  
समाचार
Image Not Found

असार २, काठमाडौं । गत वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणालीमार्फत हुने कारोबार रकममा कमी आएको छ । नषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारी भएसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो ।  

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत चैतको तुलनामा वैशाखमा मात्र कारोबार रकममा रू. साढे दुई अर्बभन्दा बढीले कमी आएको छ ।

निषेधाज्ञा शुरु हुनुअघि डिजिटल कारोबार लगातार बढिरहे पनि निषेधाज्ञा शुरु भएसँगै कारोबारको संख्या र परिमाण घटेको राष्ट्र बैंकको तथ्यांकमा छ ।

निषेधाज्ञा लागू भएसँगै कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोबार रकममा कमी आएको हो ।

गत चैतमा डिजिटल भुक्तानीमार्फत रू. एक खर्ब ६६ अर्ब ८१ करोडभन्दा बढीको कारोबार भएकोमा वैशाखमा उक्त कारोबार रकममा कमी आई रू. एक खर्ब ६४ अर्ब ७५ करोड बराबरको कारोबार भएको छ । गत वर्षकोे निषेधाज्ञासँगै कारोबार रकममा वृद्धि हुँदै आएकोमा निषेधाज्ञा लागू भएसँगै कारोबार रकममा कमी आएको हो ।

कुनको कति रकम घट्यो ?
राष्ट्र बैंकको तथ्यांकअनुसार गत चैतकोे तुलनामा कनेक्ट आइपिएसमार्फत हुने कारोबार रकममा रू. ९३ करोड २० लाखले कमी आएकोे छ । वैशाखमा कनेक्ट आइपिएसमार्फत रू. एक खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोबार भएको छ । 

गत चैतमा रू. एक खर्ब ४१ अर्ब ८० करोढ २० लाख बराबरको कारोबार भएको थियो भने फागुनमा रू. एक खर्ब १० अर्ब ५७ करोड २० लाख बराबरको कारोबार भएको थियो ।

चैतमा २० लाख ३८ हजार ४६५ पटक कनेक्ट आइपिएसको प्रयोेग भएकोमा वैशाखमा १८ लाख ४३ हजार ५५१ पटक मात्र कारोबार भएको छ । यस्तै गत चैतकोे तुलनामा इन्टरनेट बैंकिङमार्फत हुने कारोबार रकममा समेत कमी आएको छ । 

वैशाखमा रू. दश अर्ब ८० करोड बराबरको कारोबार भएकोमा गत चैतमा रू. दश अर्ब २१ करोड पाँच लाख बराबरको कारोबार भएको थियो ।

गत चैतमा वालेटमार्फत रू. ११ अर्ब २१ लाख बराबरको कारोबार भएकोमा वैशाखमा रू. १० अर्ब १० लाख बराबरको कारोबार भएको छ । क्युआरमा आधारित भुक्तानीमार्फत गत चैतमा रू. दुई अर्ब ७२ करोड २२ लाख बराबरको कारोबार भएकोमा वैशाखमा रू. दुई अर्ब ५२ करोड ९० लाख कारोबार भएको छ ।

यस्तै गत चैतमा अनलाइन (इ–कमर्स) का माध्यमबाट रू. दश अर्ब ५८ करोड बराबरको कारोबार भएकोमा वैशाखमा कारोबार रकममा कमी आई रू. ७६ करोड ८० लाख बराबरको कारोबार भएको छ । अन्य डिजिटल माध्यमबाट गत चैतको तुलनामा वैशाखमा कारोबार रकममा कमी आए तापनि मोबाइल बैंकिङमार्फत हुने कारोबार रकममा केही वृद्धि भएको छ ।

गत चैतमा मोबाइल बैंङिमार्फत रू. ४८ अर्ब ६५ करोड २० लाख बराबरको कारोबार भएकोमा वैशाखमा रू. ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोबार भएको छ । गत चैतको तुलनामा वैशाखमा रू. २३ करोड ५० लाख बराबरले वृद्धि भएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्