ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि, ५२ जनाको मृत्यु

२०७८ असार, २  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार २, काठमाडौं । विगत २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको  जानकारी अनुसार उक्त अवधिमा कुल १३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी उक्त अवधिमा थप ५२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बुधवार ३ हजार ८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। 

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आईसोलेशनमा र ४ हजार ३११ जना संस्थागत आईसोलेशनमा रहेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा हाल ४३ ओटा जिल्लामा कोरोनाका संक्रिय संक्रमितहरुको संख्या रहेको छ ।

नेपालमा २० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरु संक्रमित रहेका छन् । गत वैशाख १६ गते यता लागू गरिएको निषधाज्ञाका कारण नेपालमा कोरानाका संक्रमितहरुको संख्या पनि घट्दै गइरहेको मन्त्रालयले बताएको छ ।

नेपालमा हालसम्म ६ लाख १४ हजार २१९ पीसीआर विधिबाट र २३ हजार २१७ जनको एन्टिजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्