ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

५२ अंकले बजार घटेसँगै १७ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा घट्यो, कुन कम्पनीको कति घट्यो ?

२०७८ असार, २  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार २, काठमाडौं ।  साताको चौथो कारोबार दिन बुधवार बजार ५२ अंकले घटेसँगै १७ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा घटेको छ ।

मंगलवार नेपाल धितोपत्र बोर्डले ५१ ओटा कम्पनीहरु जोखिमयुक्त भन्दै प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेसँगै बुधवारको कारोबार दिनमा क्रेताभन्दा विक्रेता हावी  भएकाले ती कम्पनीहरुको शेयरमूल्य घटेको हो । 

१७ ओटा कम्पनीमध्ये सबैभन्दा बढी जोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ९ दशमलव ९४ प्रतिशतले घटेको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३०८ मा झरको हो ।

यस बाहेक गोर्खाज फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९२ प्रतिशत,नेशनल हाइड्रोपावरको ९ दशमलव ९१ प्रतिशत,छ्याङदी हाइड्रोपावरको ९ दशमलव ८८,आँखुखोला जलविद्युत् कम्पनीको ९ दशमलव ८५ प्रतिशत,वेष्ट फाइनान्सको ९ दशमलव ७८ प्रतिशत,पञ्चकन्या माई हाइड्रोपावरको ९ दशमलव ७६ प्रतिशतले घटेको छ । 

यसैगरी घलेम्दी हाइड्रोपावरको ९ दशमलव ७५ प्रतिशत,दिब्यश्वी हाइड्रोपावरको ९ दशमलव ७२ प्रतिशत र मल्टीपर्पस फाइनान्सको ९ दशमलव ७२ प्रतिशतले घटेको छ । 

त्यसैगरी नेपाल फाइनान्सको शेयरमूल्य ९ दशमलव ७० प्रतिशत,पोखरा फाइनान्सको ९ दशमलव ५८ प्रतिशत,प्रोग्रेसिभ फाइनान्सको ९ दशमलव ५२ प्रतिशत,समृद्धि फाइनान्सको ९ दशमलव ४१ प्रतिशत,पाँचथर पावरको ९ दशमलव २९ प्रतिशत, हिमालयन पावर पार्टनरको ९ शदमलव ११ प्रतिशत र सोल्टी होटलको शेयरमूल्य ९ प्रतिशतले घटेको हो । 

यो दिन लगानीकर्ताहरु आत्तिएर शेयर विक्री गरेका कारण बजार घटेको हो  । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्