ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई थप

२०७८ असार, २  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

 असार २, काठमाडौं । आन्तरिक राजस्व विभागले कोरोना महामारी पछि लागू गरिएको निषेधाज्ञाका कारण कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई थप गरेको छ ।

विभागले बुधवार  प्रकाशित गरेको सूचना  अनुसार अव विसं २०७७ साल चैत र वैशाख महीनाको मासिक तथा चैत र वैशाख महीनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।


त्यसैगरी विसं २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्नेछ । त्यस्स्तै विसं २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि सोहि मितिसम्म तोकिएको छ ।

विसं २०७७ चैत र २०७८ वैशाख महीनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्यादसमेत  असार २५ गतेसम्म थप भएको विभागले बताएको छ ।

सर्वोच्च अदालतले मंगलवार मात्रै  सरकारका नाममा आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलाशले यसअघिको अन्तरिम आदेश खारेज गर्दै सरकारलाई कर उठाउने बाटो खोलिदिएको थियो । 

निषेधाज्ञामा सरकारले कर उठाउन खोजेपछि अधिवक्ता सृजना अधिकारीले गत जेठ  २ गते अर्थ मन्त्रालयलाई विपक्षी बनाएर रीट दायर गरेकी थिइन् । त्यसमा सुनुवाइ गर्दै ६ जेठमा न्यायाधीश मीरा खड्काको इजलाशले निषेधाज्ञाको अवधिमा कर नउठाउन तथा निषेधाज्ञा खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो । 

हेर्नुहोस् आन्तरिक राजस्व कार्यालयको सूचना :

यो पनि हेर्नुस् :

सर्वोच्चले खुला गर्‍यो कर उठाउने बाटो

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्