ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

जापानको निर्यातमा ४१ वर्षकै तीव्र वृद्धि 

२०७८ असार, २  
अन्तरराष्ट्रिय
Image Not Found

असार २, टोकियो । गत महीना जापानको निर्यातमा ४१ वर्षयताकै उच्च वृद्धि भएको छ । यो वृद्धि ४१ वर्षयताकै उच्च हो । कोरोना भाइरसको महामारीका कारण सुस्ताएको मागमा पुनर्बहाली हुँदै गर्दा विश्व बजारमा जापानी कार र अटो पार्ट्सको माग बढेसँगै निर्यात बढेको हो । 

त्यहाँको अर्थमन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा वस्तु निर्यात ६२ खर्ब ६० अर्ब येन (५७ अर्ब डलर) मा पुगेको छ । यो वृद्धि सन् १९८० को अप्रिलयताकै उच्च हो । त्यतिबेला निर्यात ५१ दशमलव ४ प्रतिशतले बढेको थियो । 

मन्त्रालयले सन् १९७९ को जनवरीदेखि आयात निर्यातको तथ्यांक राख्न थालेको हो । मार्च र अप्रिलमा पनि निर्यात क्रमशः १६ दशमलव १ प्रतिशत र ३८ प्रतिशतले बढेको थियो । यो सँगै निर्यात लगातार तेस्रो महीना पनि बढेको छ । कार र अटो पार्ट्स दुवैको निर्यात गत वर्षको सोही अवधिको तुलनामा मेमा क्रमशः १३५ दशमलव ५ प्रतिशत र १३९ दशमलव १ प्रतिशतले बढेको छ । 

अटो प्रडक्ट्सको माग विशेषतः अमेरिकाबाट धेरै आइरहेको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । समीक्षा अवधिमा आयात २७ दशमलव ९ प्रतिशतले बढेर ६४ खर्ब ५० अर्ब येनमा पुगेको छ । 

यो सँगै आयात पनि लगातार चौंथो महीना पनि बढेको छ । गत महीना बाँकी विश्वसँगको व्यापारमा जापानलाई १ खर्ब ८७ अर्ब १५ करोड येन घाटा भएको छ । चार महीनामा पहिलो पटक व्यापार घाटामा गएको हो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्