ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बिहीवार एकैदिन तोलामा १ हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७८ असार, ३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असार ३, काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. १०० ले घटेको सुनको भाउ बिहीवार रू. १ हजार १०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९२ हजारमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार १०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. १ हजार १०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ६०० मा कारोबार भएको थियो । 

यस्तै, बिहीवार चाँदीको मूल्य पनि घटेको छ । बुधवार प्रतितोला रू. १ हजार ३६० मा कारोबार भएको चाँदी बिहीवार रू. २० ले घटेर रू. १ हजार ३४० खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्