ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

०.११% ले बढेको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार (१ बजेको अपडेट)

२०७८ असार, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ३, काठमाडौं । बिहीवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३ दशमलव २६ अंकले बढेर २ हजार ९७२ दशमलव ९८ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ११ प्रतिशतले बढेको हो ।  

दोस्रो घण्टाको अवधिमा २१३ ओटा कम्पनीको रू. ४ अर्ब ९२ करोड ६० लाख ९० हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा मल्टीपर्पस फाइनान्सको शेयरमूल्य सर्वाधिक ७ दशमलव ६९ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ४२० कायम भएको छ ।  

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३५ करोड ५५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ९१० मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, जलविद्युत् वित्त, निर्जीवन बीमा, अन्य, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्