ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

२९७०.४२ विन्दुमा परिसूचक, ७ अर्ब ५७ करोडको शेयर कारोबार (२ बजेको अपडेट)

२०७८ असार, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ३, काठमाडौं । बिहीवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक शून्य दशमलव ७० अंकले बढेर २ हजार ९७० दशमलव ४२ विन्दुमा पुगेको छ । 

शून्य दशमलव शून्य २ प्रतिशतले बढेको बजारमा २१९ ओटा कम्पनीको रू. ७ अर्ब ९७ करोड ३६ लाख ६२ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, जलविद्युत् वित्त, निर्जीवन बीमा, अन्य, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५४ करोड २३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ९०७ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेशनल हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ३०१ मा रू. २४ करोड ७४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्