ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आधा दर्जन ग्रामीण सडक अवरुद्ध

२०७८ असार, ४  
सुदूरपश्चिम प्रदेश
NA

डँडेलधुरा । अविरल वर्षासँगै आएको बाढीपहिराले डँडेलधुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध भएका छन् । यहाँका सात स्थानीय तह जोड्ने कच्ची सडक भासिँदै गएपछि गाडी चल्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय डँडेलधुराले बताएको छ । जिल्लाका, बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोराल खोला–रेल र पोखरा–बेलापुर सडकमा यातायातका साधन चल्न सकेका छैनन् ।

वर्षाले जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाअन्तर्गत अमरगढी–७ पोखरा तिलाडी कृषि सडक अमरगढी–११ डोला बडाल सडक खाल्टा–खुल्टी र हिलाम्मे भएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका, गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकाका सडक भासिएका छन् । यस्तै गन्यापधुरा–२ को कोर गाउँ जोड्ने जिरोपोइन्ट र पारिखेत जोड्ने बाटो अवरुद्ध भएको छ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्