ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

स्वाभिमानी युवा पुस्ताको खाँचो

२०७८ असार, ४  
पाठक विचार
NA

लङ्गुर र बाँदर एकै प्रकारका प्राणी हुन् । लङ्गुरको मुख कालो हुन्छ । यसको स्वाभाव भद्र हुन्छ । बाँदरको स्वभाव अलि फटाहा र अटेरी हुन्छ । यसको उद्देश्य नै लुटपाट गरेर खानु हो ।

अहिलेको घडीमा यिनीहरूको उदाहरण किन दिन परेको भने हाम्रो मुलुकमा पनि आजभोलि धेरै मानिस यिनीहरू जस्तै लाग्छन् । धेरैजसो मानिस कडा परिश्रम गर्दैनन्, चाकडी गरेर दुई नम्बरको काम समातेर कमिशन खाएर कालो बजारी आदि गरेर रुपैयाँ कमाउने उद्देश्य लिइरहेका हुन्छन् । हामी राज्यलाई सधैं गाली गर्छौ तर यस्ता खराब संस्कारलाई मेटाउन सकिराखेका छैनौं । यस्ता कुसंस्कारलाई फेर्न कानून, समाज र युवापुस्तालाई बदल्नु जरुरी छ । आफू नबदलिने संस्कारले मुलुक दिन प्रतिदिन पछि परिरहेको छ । शिक्षाको कमीले यसो भएको हो त ? जब हामी दालभात र तरकारी खान्छौं यिनमा कहिलेकाहीँ के नपुगे के नपुगे सरह लाग्छ र खाना नमिठो हुन्छ । अहिले हाम्रो मुलुकको हालत पनि यस्तै छ । लोकतन्त्रको आगमनपश्चात् मुलुकको राजनीतिक मुहार फेरिए पनि भ्रष्टाचार, गरीबी, अन्धविश्वास जस्ता कुरामा परिवर्तन आएको छैन । यी नै कारणले नागरिकलाई नरमाइलो एवम् उकुसमुकुस भइराखेको छ । त्यसमाथि कोभिड १९ को महामारीले मानिसहरू डर र तनावमा छन् । निषेधाज्ञामा घरभित्रै उकुसमुकुस भएर बसिरहनु परेको छ । मानिसको हातमा केही छैन । प्रकृतिको हातमा मानिसको भाग्य छ । त्यही प्रकृति पनि कतिबेला रिसाउने हो पत्तो छैन । बाढीपहिरोको अर्को संकटमा मुलुक परेको छ । समस्यामाथि समस्या थपिएको छ तर सरकारले आशा भर्न सकेको छैन । यस्तो समस्यैसमस्याले घेरिएका बेला बेमौसमको बाजा घन्किएसरह मन्त्रीहरू फेरबदल गर्ने, बेला नभई चुनावको घोषणा गर्ने, गिट्टी बालुवाको निकासी गरी चुरे विनाश गर्ने जस्ता कार्य भइरहेका छन् । सरकार समस्याप्रति कति उदासीन रहेछ र जनताका मर्कालाई कति बेवास्ता गर्दो रहेछ भन्ने कुराको प्रमाण हो, यो । सरकारको धेरै निर्णयहरू सामान्य जनताका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भने जस्तो हुने गरेको छ । लोकतन्त्र ल्याउन नेताहरू लडे तर के यस्तै स्वार्थका लागि लड्न र झगडा गर्न उनीहरूले लोकतन्त्र ल्याएका हुन् त ? मन्त्री फेर्ने, कार्यकर्ता पोस्ने, विलासितामा अल्झने, आफन्तलाई लाभको अवसर दिनेजस्ता काममा उनीहरू लागिपरेको देखिन्छ । राजमार्ग बनाउनु, कृषि, उद्योग आदिमा सरकारले लगानी गर्नुजस्ता काम गरेको भए उनीेहरूको बुद्धिमानी देखिन्थ्यो । अनावश्यक कुरामा अल्झिराख्नु, आप्mनो मान्छेलाई ठाउँमा पु¥याउन परिहत्ते गर्नु र तर विकासको दूरदृष्टि नहुनुजस्ता कुरा नै नेताहरूको कमजोरी हो ।

कहिलेकहिले हामी सोच्न बाध्य हुन्छाैं, भगवान्ले देश चलाउनेहरूलाई किन यस्तो बनाएका होलान् ? प्राकृतिक सुन्दरता अन्य स्रोत दिएका भगवान्ले नेताहरूलाई ज्ञान तथा देश बनाउन शक्ति किन नदिएका होलान ? खोपडी नै परिवर्तन हुँदैन भने कसैले चाहेर केही हुनेवाला छैन । समयलाई कुर्नु र नयाँ दक्ष भएका राम्रा व्यक्तिहरूको आगमनको आशा गर्नु सिवाय अरू केही गर्न सकिँदैन ।

नेता तथा देश चलाउनेहरूमा गाडी, घर, बैंक ब्यालेन्सको तृष्णा हुनु र यी सबका लागि गलत कार्य गर्नु हाम्रा लागि अभिशाप बनेको छ । देशमा संघीयता ल्याउनको उद्देश्य हो : गाउँ, पहाड, तराई सबै क्षेत्रको विकास । संघीयतालई एक पक्षले सकारात्मक रूपले हेरिरहेका छन् भने अर्को पक्षले नकारात्मक तवरले हेरिरहेका छन् । सबै नेपालीको चाहना हो मुलुक द्रुत विकासमा जानुप¥यो । प्रदेशहरूमा बाटो तथा पुलहरूको निर्माण हुन सकेको छैन ।

राम्रा स्वाभिमानी बुद्धिजीवीहरू नभएका होइनन् । योग्य व्यक्ति पनि नभएका होइनन् । देशका लागि केही गर्नुपर्छ भन्ने दृष्टिकोण भएका मानिस पनि नभएका होइनन् । तर, उनीहरूले अवसर पाएका छैनन्, केहीले अवसर पाए पनि स्वतन्त्र भएर काम गर्न पाएका छैनन् । यस्ता व्यक्तिहरूलाई स्वतन्त्र भएर काम गर्न दियो भने आफ्नो हैसियत सिद्धिन्छ भन्ने डर उच्च राजनीतिक वृत्तमा पाइन्छ । यसो भएमा आप्mनो इच्छाअनुसार शासन गर्न सकिँदैन भन्ने उनीहरू सोच्छन् । यसैले होला आफ्नो गुुटको विकास गर्न उनीहरू बढी लागिपरेका छन् । बेरोजगारी, गरीबी हटाउन खट्नुभन्दा आसेपासे पोस्न बढी लाग्नुका कारण पनि यही हो । अर्को कुरा यो क्षेत्रमा यही कारणले राम्रा व्यक्ति आउन पनि चाहँदैनन् । भन्ने हो भने हाम्रो मुलुक द्रुत विकासमा जान सर्वप्रथम यहाँ सीमित राम्रा नेता भए पर्याप्त हुन्छ । धेरै नेताहरू हुनु नै यो देशको दुर्भाग्य र विडम्बना मान्न सकिन्छ ।

दलीय भागबन्डा, विवाद आदि कारण पूर्वाधार विकासका कामहरू प्रभावित भएका छन्, अलपत्र परेका छन् । हामीसँग पूँजी स्रोत, युवा जनशक्ति आदि हुँदाहुँदै पनि विकासका काम हुन सकेको छैन । राजनीतिक विवाद धेरै हुनु तथा सरकारको नीति अस्थिर हुनु र दलहरूबीच सधैं कलह भइरहनुजस्ता कारणले समस्याको समाधान हुन नसकेको देखिन्छ । यी समस्या सुल्झाउने काम लोकतन्त्र ल्याउने नेताहरूकै हो ।

समग्रमा भन्नुपर्दा सर्वप्रथम नेताहरू परिवर्तन हुनु जरुरी छ । युवा पुस्ता पनि नेताहरूको पछि नलागी स्वाभिमानी हुनु जरुरी छ । हामी सर्वसाधारण पनि स्वार्थी, अल्लारे, तह लहैलहैमा लाग्ने नभई त्यागी र परिवर्तनको पक्षमा लाग्ने हुन जरुरी छ ।

विकास भनेको ठूलो कुरा मात्रै होइन, सामान्य परिवर्तन र सचेतता पनि विकासको एउटा पाटो हो । उदाहरणका लागि अहिलेको कोभिडको समयलाई लिन सकिन्छ । यस्तो बेला एकअर्कालाई मास्क लगाउन सम्झाउनु, स्वास्थ्य सतर्कता अपनाउन सचेत पार्नुजस्ता कामबाट मानिसको ज्यान जोगाउन सकिन्छ । अटेरी र अबुझ मानिसहरू निकै छन् । तिनलाई सम्झाइबुझाइ गर्न सक्यौ भने पनि अहिलेको महामारी रोक्न नागरिकका तर्फबाट ठूलै मद्दत हुन्छ । यसलाई कम गर्नु भनेको कसैको ज्यान जोगाउनुमात्रै होइन, देशको विकासका लागि साथ दिनु पनि हो । नेताहरूलाई खबरदारी गरौं तर आफ्नो नागरिक कर्तव्य पूरा गर्न पनि नचुकौं । 

रमेश केशरी वैद्य

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्