ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सय शय्याको विशेष अस्पताल निर्माण गर्दै महानगर

२०७८ असार, ४  
वाग्मती प्रदेश
NA

काठमाडौं । काठमाडौं महानगरपालिकाले विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शय्याको ‘काठमाडौं महानगर विशेष अस्पताल’ निर्माण गर्ने भएको छ ।

महानगरपालिकाले बिहीबार आगामी आर्थिक वर्ष ०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा नगरप्रमुख विद्यासुन्दर शाक्यले ज्येष्ठ नागरिकको उपचार गर्न विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शय्याको ‘काठमाडौं महानगर विशेष अस्पताल’ निर्माण गर्ने उल्लेख गरेका हुन् ।  

प्रमुख शाक्यले नवौं नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरे । नीति तथा कार्यक्रममा महानगरपालिकाले कोभिड–१९ लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रममा कोभिड–१९ बाट प्रभावित महानगरबासीका लागि आवश्यकताका आधारमा प्रतिकार्य, स्वास्थ्योपचार र मानवीय सहायताका लागि सहयोग गरिने उल्लेख छ ।  

कोभिड–१९ बाट संक्रमित भएका बिरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारका लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेसन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्टलगायतका सेवा निःशुल्क उपलब्ध गराइने नीति तथा कार्यक्रममा समेटिएको छ ।
 
त्यस्तै, वडा कार्यालयमा सञ्चालित सहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गरी महानगरबासीलाई आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गरिनेछ । विशेषज्ञ चिकित्सकद्वारा नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाइनेछ ।

‘नेपाल एम्बुलेन्स सेवाले प्रदान गर्दै आएको सेवाको प्रभावकारिता अध्ययन गरी एम्बुलेन्स सेवालाई निःशुल्क, सरल र पहुँचयोग्य बनाइनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्