ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चौधरी हंगेरीका लागि अवैतनिक महावाणिज्यदूतमा नियुक्त

२०७८ असार, ४  
बजार
NA

काठमाडौं (अस) । अरुणकुमार चौधरी हंगेरीका लागि अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएका छन् । यसअघि उनी २५ अगस्त २०१४ देखि हंगेरीको अवैतनिक वाणिज्यदूतमा कार्यरत थिए ।

हंगेरीका परराष्ट्रमन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा चौधरी अवैतनिक वाणिज्यदूतबाट महावाणिज्यदूतमा बढुवा भएका हुन् । चौधरीलाई नेपाल सरकारले हंगेरीका लागि अवैतनिक महावाणिज्यदूतमा स्वीकार्दै ओहोदाको प्रमाणपत्र दिएको छ । चौधरीलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी क्षेत्रीले गत सोमबार महावाणिज्यदूतको ओहोदाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा चौधरीले आगामी दिनमा नेपाल–हंगेरीको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । चौधरी नेपालको व्यावसायिक घराना सीजी होल्डिंग्सका अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्