ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पर्यटक तान्न संग्रहालय र दृश्यावलोकन स्तम्भ निर्माण

२०७८ असार, ४  
गण्डकी प्रदेश
NA

लमजुङ । लमजुङमा पर्यटक आकर्षण गर्न संग्रहालय र दृश्यावलोकन स्तम्भ निर्माण भएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ सिउरु गाउँमा संग्रहालय र दृश्यावलोकन स्तम्भ निर्माण भएको हो ।

प्रदेश सरकारको २० लाख र स्थानीयको श्रमदान २ लाख ५ हजार गरी २२ लाख ५ हजारमा संग्रहालय र दृश्यावलोकन स्तम्भ निर्माण भएको बताइएको छ । गुरुङ समुदायको पहिचान तथा परम्पराको संरक्षण गर्दै पर्यटकलाई लोभ्याउन संग्रहालय निर्माण गरिएको सिउरुङ पर्यटन समितिका सदस्य परकाशी गुरुङले बताए । संग्रहालयमा गुरुङ जातिको भेषभूषा, गुरुङ जातिले प्रयोग गर्ने ढिकी जाँतो, ठेकी, राडीपाखीलगायत जन्मदेखि मृत्युसम्म प्रयोग गरिने सबै सामग्री राखिने उनको भनाइ छ ।     

त्यस्तै सोही स्थानमा दृश्यावलोकन स्तम्भ पनि निर्माण गरिएको छ । नवनिर्मित स्तम्भबाट सिउरुङ गाउँ, मर्स्याङ्दी नदी, हिमाललगायत विभिन्न रमणीय दृश्य देख्न सकिनेछ । गाउँमा घरवास (होमस्टे) समेत रहेकाले यहाँ आउने पर्यटकहरुलाई भुलाउँदै उनीहरूको बसाइ लम्ब्याउन मद्दत पुग्ने विश्वास गरिएको छ ।  

२०६५ सालदेखि शुरू भएको सिउरुङ घरवासमा हाल १९ ओटा घरवास सञ्चालन गरिएको छ । सिउरुङगाउँमा १२० घरधुरी रहेको छ । मनास्लु हिमालको काखमा रहेको सो होमस्टे समुद्री सतहदेखि १ हजार ८५४ मिटरको उचाइमा रहेको छ । गाउँकै सामुन्ने ऐनाजस्तै गरी देखिने मनास्लु हिमश्रृंखलामा पर्ने हिमालचुली, ङादीचुलीलगायत हिमालले सिउरुङ गाउँको सुन्दरता थपेको छ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । घरवासमा पुग्ने पर्यटकलाई स्वच्छ खाना, स्थानीय कुखुराको मासु, गाउँमै उत्पादिन सागसब्जीलगायतको परिकार खुवाउने गरिन्छ । साथै, गुरुङ समुदायको सांस्कृतिक पर्वहरू कृष्ण चरित्र, घाँटु, सोरठीलगायत नाचहरू हेर्न र रोदी बस्न पाइन्छ । बँेसीशहरबाट पर्यटकका लागि सिउरुङ गाउँ पुग्न२४ किलोमिटर जिपमा यात्रा गर्नुपर्छ । दैनिक पर्यटकको भीडभाड लाग्ने गर्ने यहाँ यतिबेला निषेधाज्ञाका कारण सुनसान छ । निषेधाज्ञा खुलेसँगै बढीभन्दा बढी पर्यटक गाउँ ल्याउने योजनामा यहाँका घरवास सञ्चालक छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्