ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न बोलायो विशेष साधारण सभा 

२०७८ असार, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ४, काठमाडौं ।  नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ ।

प्राप्ति गर्ने प्रस्ताव पारितका लागि दुबै कम्पनीले शनिवार विशेष साधारण सभा बोलाएका हुन्् ।  नबिल बैंक र युनाइटेड फाइनान्सले विशेष साधारण सभा आ आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे गर्ने जानकारी दिएका छन् ।

नबिल बैंकले काठमाडौंमा र युनाइटेड फाइनान्सले सप्तरीमा साधारण सभा गर्नेछन् । कोरोना महामारीका कारण सभा दुबै कम्पनीको भर्चुअल माध्यमबाट हुनेछ ।

विशेष साधारण सभाले नबिल बैंकले १०० : ३५ को शेयर स्वाप रेशियोमा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।साथै सभाले प्राप्ति वा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्