ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सुनको मूल्य घट्ने क्रम जारी : शुक्रवार १ हजार २०० को गिरावट 

२०७८ असार, ४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २८, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रममा रहेको  छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. १ हजार १०० ले घटेको सुनको मूल्य शुक्रवार रू. १ हजार २०० घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजारमा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. १ हजार २०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको थियो । 

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रू. १ हजार ३४० मा कारोबार भएको चाँदी शुक्रवार रू. १ हजार ३०५ खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी रू. ३५ ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्