ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अपर इङ्गवा जलविद्युत् आयोजनामा बैंक अफ काठमाण्डूले लगानी गर्ने

२०७८ असार, ४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असार ४, काठमाडौं । इङ्गवा जलविद्युत् आयोजनामा बैंक अफ काठमाण्डूले लगानी गर्ने भएको छ । बैंक र इङ्गवा जलविद्युत् लिमिटेडबिच अपर इङ्गवा जलविद्युत् आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धी जेठ ३१ गते सम्झौता भएको हो ।

९ दशमलव ७ मेगावट उत्पादन क्षमता रहेका अपर इङ्गवा जलविद्युत् आयोजनाको अनुमानित खर्च रू. १ अर्ब ९५ करोड रहेको छ । इङ्गवा जलविद्युत् लिमिटेडले ताप्लेजुङ र पाँचथर जिल्लाको याबबाराक र सिदिबबा गाऊँपालिकामा उक्त जलविद्युत् आयोजनाको निर्माण कार्य गरीरहेको छ । उक्त आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी रहने भएको हो ।

आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जा बापतको लगानी रहनेछ भने बाँकी २५ प्रतिशत इङ्गवा जलविद्युत् लिमिटेडको लगानी रहनेछ । आयोजना पूरा भएपछि उत्पादित विद्युत् अमरपुर सवस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । 

साथै यस कर्जा लगानी पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको जानकारी दिएको छ ।

हालसम्म बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आईरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्