ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

२०७८ असार, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार ५, काठमाडौं । विगत २४ घण्टामा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार विगत २४ घण्टामा ११ हजार ६९६ स्वाब नमुनाको परीक्षण गरिएकोमा २ हजार ४०१ जनाको नतिजा पोजिटिभ आएको हो । ७ हजार १० नमूनाको पीसीआर परीक्षण गर्दा १ हजार ६८८ र ४ हजार ६८६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१३ जनामा संक्रमण देखिएको हो ।

उक्त अवधिमा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैगरी सो अवधिमा थप ३४ जनाको मृत्यु भएको छ  । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ६७५ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको मन्त्रालयले बताएको छ ।

नेपालमा हालसम्म ३२ लाख ६२ हजार ५८९ ओटा पीसीआर परीक्षण भएको छ । काठमाडौं उपत्यकामा उक्त अवधिमा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २०१ जना, ललितपुर जिल्लामा ९२ जना र भक्तपुर जिल्लामा ४४ जना संक्रमित थपिएका हुन् । पछिल्ला दिनमा उपत्यकामा दैनिक थपिने संक्रमितको संख्यामा कमी हुँदै गएको देखिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्