ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लगानी कोषद्वारा कोभिड प्रभावित पर्यटन क्षेत्रमा बिशेष सापटी सेवा ल्याउने तयारी

२०७८ असार, ६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असार ६, काठमाडौं । नागरिक लगानी कोषले कोभिड प्रभावित पर्यटन क्षेत्रमा बिशेष सापटी सेवा ल्याउने  तयारी गरेको छ ।

कोषले निषेधाज्ञाका कारण पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, ट्रेकिङ  तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरुले कोषबाट संचालित कर्मचारी वचत वृद्धि स्वीकृत अबकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई  सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको बताएको छ । 

यसबाट मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पुर्‍याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको कोषले बताएको छ ।

 कोभिड प्रभावित विशेष सापटी नाम दिइएको उक्त सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने पनि उसले बताएको छ । 

यस सापटीमा कर्मचारी वचत वृद्धि अबकाश कोषले दिने ब्याजदर सरह नै लिने ब्याजदर  निर्धारण गरिएको छ । यस्तो सुबिधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्वद्ध सहभागीहरुलाई आगामी पुस मसान्तसम्म उपलब्ध गराइने छ भने उक्त सापटी रकम सापटी लिएको दुई वर्ष भित्र फिर्ता गर्नुपर्ने पनि कोषले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्