ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सोमवार प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको मूल्य 

२०७८ असार, ७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । नेपाली बजारमा गत जेठ ३० गतेदेखि लगातार घट्ने क्रममा रहेको सुनको मूल्य सोमवार भने उकालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू. ८०० ले घटेको सुनको भाउ सोमवार रू. ४०० ले उकालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९० हजार ४०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजारमा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. ४०० ले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ९५० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ५५० मा कारोबार भएको थियो । 

यस्तै, सोमवार चाँदीको मूल्य पनि बढेको छ । आइतवार प्रतितोला रू. १ हजार २९० मा कारोबार भएको चाँदी सोमवार रू. १ हजार २९५ खरीदविक्री भइरहेको छ । आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य रू. ५ ले बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्