ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

८ अर्ब २० करोडको कारोबार भएको बजारमा पुनर्बीमा कम्पनीको सर्वाधिक हिस्सा (२ बजेको अपडेट)

२०७८ असार, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । सोमवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ५१ दशमलव ३१ अंकले घटेर २ हजार ८५४ दशमलव १५ विन्दुमा पुगेको छ । 

१ दशमलव ७७ प्रतिशतले घटेको बजारमा २२१ ओटा कम्पनीको रू. ८ अर्ब २० करोड ७५ लाख ३० हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा गोर्खाज फाइनान्सकोे शेयरमूल्य सर्वाधिक ९ दशमलव ९७ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. १ हजार १९२ कायम भएको छ ।  

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ४ दशमलव २१ प्रतिशतले घटेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १ अर्ब ९ करोड ३ लाख ३८ हजार बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ७७२ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टीलरी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५ हजार १५६ मा रू. २० करोड ५० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्