ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रभु सेलेक्ट फण्डको इकाई नेप्सेमा सूचीकृत 

२०७८ असार, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । सोमवार प्रभु सेलेक्ट फण्डको इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । 

प्रभु क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको यस योजनाको १२ करोड ५० लाख इकाई सूचीकृत भएको हो । नेप्सेले यस योजनाको इकाईको कोड पिएसएफ दिएको छ । 

मंगलवारदेखि कारोबार योग्य हुने यो इकाई सम्बन्धित इकाईधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । यस योजनाले जेठ ५ गतेदेखि ९ गतेसम्म इकाई विक्री गरेको थियो । 

इकाई निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । प्रभु क्यापिटलले यो इकाई विक्रीका लागि धितोपत्र बोर्डबाट वैशाख १३ गते अनुमति पाएको थियो । बन्दमुखी यस योजनाको अवधि ७ वर्षको रहेको छ । 

योजना परिपक्व पश्चात योजनाको कुल सम्पत्तिलाई नगदमा परिणत गरीसमानुपातिक हिसाबमा प्रचलित कानून बमोजिम इकाई धनीहरुलाई बाँडफाँट गरिनेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्