ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नियामकको ५१ ओटा सूचीकृत कम्पनीप्रतिको धारणापछिको शेयर बजार : निरन्तर पाँच कारोबार दिन घट्यो

२०७८ असार, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । ३ हजार २५ दशमलव ८२ विन्दुको ऐतिहासिक रेकर्ड कायम गरेको नेपालको शेयर बजार पछिल्लो समय निरन्तर पाँच कारोबार दिन घटेको छ ।

 गत जेठ ३१ गते हालसम्मकै उच्च विन्दु कायम गरेको नेप्से परिसूचक असार १ गतेदेखि भने निरन्तर घट्दै आएको छ । असार १ गते शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सूचीकृत ५१ ओटा कम्पनीहरुको शेयरमा गरेको लगानी जोखिमयुक्त रहेको धारणा सार्वजनिक गरेसँगै बजारमा नकारात्मक प्रभाव परेको हो । 

नियामक निकायले लगानीकर्ताहरुलाईनै हानी नपुगोस भन्ने मनसायले सार्वजनिक ती कम्पनीहरुप्रतिको धारणापश्चातको पाँच कारोबार दिनमा बजार निरन्तर घटेको हो ।

बजारले ऐतिहासिक विन्दु कायम गर्दा आत्तिएर सजग गराउँदै प्रेस विज्ञप्ति सार्वजनिक गरेको धितोपत्र बोर्डले निरन्तर पाँच कारोबार दिन बजार ओरालो लाग्दा पनि कुनै कदम चालेको देखिन्न । यो पाँच कारोबार दिनमा बजार १९१ दशमलव ४२ अंक घटिसकेको छ ।

सोमवार २ हजार ९२४ दशमलव शून्य ७ विन्दुदेखि खुलेको बजार ७१ दशमलव शून्य ६ अंक अर्थात २ दशमलव ४५ प्रतिशत घटेर २ हजार ८३४ दशमलव ४० विन्दुमा झरेको छ । उता, सेन्सेटिभ इन्डेक्स पनि यस दिन १ दशमलव ५८ प्रतिशत अर्थात् ८ दशमलव १८ अंक घटेर ५२० दशमलव १८ विन्दुमा झरेको छ ।

उच्च अंकले घटेको बजारमा रू. ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार बराबरको २ करोड ३० लाख ११ हजार ८२० कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२७ ओटा कम्पनीको १ लाख ३० हजार ३९७ पटकको व्यापारमा भएको हो । 

सोमवार पनि कुल कारोबारमा सर्वाधिक रकमको हिस्सा नेपाल पुनर्बीमा कम्पनीलेनै ओगटेको छ । यस दिन उक्त कम्पनीको रू. १ अर्ब ३० करोड ६१ लाख १५ हजार बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य पनि यो दिन ६ दशमलव ६१ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १२४ ले घटेर अन्तिम मूल्य रू. १ हजार ७५३ कायम भएको छ ।

सोमवारको कारोबारमा पनि सबै समूहगत परिसूचकहरु घटेका छन् । बैंकिङ्गको १ दशमलव ७७ प्रतिशत, व्यापारिकको शून्य दशमलव ७७ प्रतिशत, होटल्स तथा पर्यटनको ४ दशमलव ५१ प्रतिशत, विकास बैंकको ४ दशमलव ६ प्रतिशत, जलविद्युतको ५ दशमलव २ प्रतिशत, वित्तको ५ दशमलव १८ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ८९ प्रतिशतले घटेको छ ।

यसैगरी उत्पादन तथा प्रशोधनको २ दशमलव ८१ प्रतिशत, अन्यको २ दशमलव ४ प्रतिशत, लघुवित्तको १ दशमलव ९९ प्रतिशत, जीवन बीमाको २ दशमलव ५१ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ३८ प्रतिशत र लगानी समूहको शून्य दशमलव ४८ प्रतिशत परिसूचक घटेको छ । यो दिन वित्त र जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । 

२२७ ओटा कम्पनीको शेयर कारोबार हुदाँ १७ ओटा कम्पनीको मात्र शेयरमूल्य बढेको छ भने १९८ ओटा कम्पनीको शेयरमूल्य घटेको छ । यो दिन १२ ओटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

सोमवार शतप्रतिशत हकप्रद निष्कासनका लागि बोर्डमा निवेदन दिएको नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य भने सर्किट लेभलमा बढेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६५ ले बढेर अन्तिम मूल्य रू. ७१७ पुगेको हो । 

यस दिन पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । पोखरा फाइनान्सको प्रतिकित्ता रू. ६० ले घटेर अन्तिम मूल्य रू. ५८८ र युनिभर्सल पावर कम्पनीको प्रतिकित्ता रू. २८ ले घटेर अन्तिम मूल्य रू. २७९ मा झरेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्