ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पोखरा फाइनान्ससहित ८ ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, कुन  कम्पनीको घट्यो ?

२०७८ असार, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । साताको दोस्रो कारोबार दिन  सोमबार कारोबारमा आएका २२७ ओटा कम्पनीमध्ये आठ ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

आठ ओटा कम्पनीमध्ये सबैभन्दा बढी पोखरा फाइनान्सको शेयर मूल्य ९ दशमलव २६प्रतिशतले घटेको छ ।उक्त कम्पनीको शेयरमूल्य योदिन प्रतिकित्ता रू. ५८८ मा झरेको हो ।

त्यसैगरी युनिभर्सल पावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव १२ प्रतिशत,युनियन हाइड्रोपावरको ८ दशमलव ८१ प्रतिशत, हिमाल दोलाखा हाइड्रोपावरको ८ दशमलव ६२ प्रतिशतका दरले घटेको छ ।

त्यसैगरी लिवर्टी इनर्जी कम्पनीको ८ दशमलव ५२ प्रतिशत,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको ८ दशमलव ४२ प्रतिशत, प्रोग्रेशिभ फाइनान्सको ८ दशमलव ४० प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव २० प्रतिशतका दरले घटेको छ । 

 ती कम्पनीहरुको शेयरमा क्रेताभन्दा विक्रेताहरु हावी हुँदा शेयरमूल्यमा उच्च गिरावट आएको हो । योदिन युनिभर्सल पावरको शेयर मूल्य प्रतिकित्ता रू. २७९,युनियन हाइड्रोपावरको रू. ३५२,हिमाल दोलखा हाइड्रोपावरको रू. २६५,लिवर्टी इनर्जीको रू. ३३३,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको रू. ४५७, प्रोगे्रशिभ फाइनान्सको रू. ३३८ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य रू. २८० कायम भएको छ । 

ती आठ  ओटा कम्पनी बाहेक अरु कम्पनीको शेयरमूल्य पनि घटेको छ । सोमवार कारोबारमा आएका २२७ ओटा कम्पनीमध्ये १७८ ओटा कम्पनीको शेयरमूल्य घटेको हो ।  
केहि दिनदेखि घटको बजार सोमवार पनि ७१ अंकले घटेको छ । आइतवार भने  ६१ अंकले बजार घटेको थियो । 
दिनानुदिन उच्च अंकले बजार घटेकाले लगानीकर्ताको मनोबल कमजोर हुँदा धेरै कम्पनीहरुको शेयरमूल्य घटेको देखिन्छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्