ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

असार १५ अर्थात् धान दिवस [ फोटो फिचर ]

२०७८ असार, १५  
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

असार १५, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका २, काभ्रेस्थलीमा मंगलवार अपरान्ह रोपाई गर्दै किसानहरु । मंगलवार अर्थात् असार १५ नेपाली किसानहरुका लागि महत्वपूर्ण दिन हो ।

मानो रोपेर मुरी उब्जाउने यो दिन वर्षभरी अन्नको जोहो गर्नको लागि किसानहरु आफ्नो खेतवारीमा व्यस्त रहन्छन् ।

 रोपाई गर्दा शारिरीक परिश्रम बढि गर्नुपर्ने हुँदा जसवाट तागत पाउनका लागि कृषकहरुले खाजाको रुपमा पोषिलो खाजा दहि चिउरा खाने प्रचलन छ ।

कृषि पेशा बाहेक अन्य पेशामा आवद्ध मानिसहरुले पनि आजको दिनमा दहि चिउरा खाएर असार १५ मनाउने गर्दछन् । आजभोलि ठाउँ अनुसार गोरुले जोतेर, मेसीनको प्रयोग गरेर तथा खनेर रोपाई गर्ने गरिन्छ ।

विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । नेपालमा खेती हुने कुल जमीनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कुल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने कृषि विभागले बताएको छ । तस्वीरहरु : प्रकाश केसी / आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्