ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

श्रीलंकन टेक्नोलोजिकल क्याम्पसले ८ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने

२०७८ असार, २२  
शिक्षा
Image Not Found
author avatar अभियान संवाददाता

असार २२, काठमाडौं । श्रीलंकन टेक्नोलोजिकल क्याम्पस (एसएलटीसी)ले ८ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को पहलमा छात्रवृत्ति आवेदन दिने समय ८ दिन थप गरिएको छ । 

यसअघि ३० जुन २०२१ सम्म छात्रवृत्तिका लागि आवेदन दिन पाइने समय भए पनि इक्यानको पहलमा छात्रवृत्तिका लागि आवेदन दिन समय थप गरी ८ जुलाई २०२१ सम्म पुर्‍याइएको हो ।

छात्रवृत्तिका लागि आवेदन दिन चाहने इच्छुक नेपाली विद्यार्थीहरुलाई थप गरिएको समय सीमाभित्र आवेदन दिन सक्ने इक्यानले जानकारी दिएको छ ।

छात्रवृत्तिका लागि आवेदन दिनका लागि विषयगत विवरण, निवेदन वा अन्य सम्बन्धमा थप जानकारीका लागि नेपालस्थित श्रीलंकन दूतावासको शाखा वा इक्यानको सचिवालयमा पनि सम्पर्क गर्न सकिने इक्यानको भनाइ छ । साथै विद्यार्थीले दूतावासको वेवसाइटमा गएर वा https://sltc.ac.lk/study/application/apply-now मार्फत् सोझै आवेदन दिन सक्नेछन् ।

क्याम्पसले स्नातक तहको अध्ययनका लागि आईटी र कम्प्युटिङ डिग्री अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, डाटा साइन्स, सफ्टवेयर इञ्जिनियरिङ जस्ता विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्