ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

इटालीले जित्यो युरोकपको उपाधि, टुट्यो इंग्ल्याण्डको सपना

२०७८ असार, २८  
खेल विविध
Image Not Found
author avatar अभियान संवाददाता

असार २८, काठमाडौं । युरोकपको उपाधि इटालीले जितेको छ ।

सोमवार बिहान वेम्बलीमा भएको फाइनलमा इंग्ल्याण्डलाई टाइब्रेकरमा पराजित गरेर इटालीले उपाधि उचालेको छ ।

५५ वर्षपछि प्रमुख उपाधि उचाल्ने इंग्ल्याण्डको सपना भने टुटेको छ । निर्धारित तथा थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो ।

दोस्रो मिनेटमा ल्यूक शको गोलबाट घरेलु टोली इंग्ल्याण्डले अग्रता लियो । तर त्यसपछि इटाली खेलमा फर्कियो । ६७ औं मिनेटमा लियोनार्दो बोनुचीले इटालीका लागि बराबरी गोल गरे । अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन सकेन । त्यसपछि टाइब्रेकरमा गएको खेलमा नतिजा इटालीको पक्षमा गयो ।

इंग्ल्याण्डका पाँच मध्ये तीन पेनाल्टीमा गोल हुन सकने । ह्यारी केन र ह्यारी मागुइरीले मात्रै गोल गर्न सके । इटालीका लागि डोमेनिको बेरार्दी, लियोनार्दो बोनुची र फेदेरिको बेर्नार्देस्कीले टाइब्रेकरमा गोल गरे ।

५३ वर्षपछि पहिलो पटक युरोकप जितेको इटलीले १५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जितेको हो । सन २००६ मा इटलीले विश्वकप उपाधि जितेको थियो । सन् १९६८ मा युरोकप जितेको इटलीले २००० र २०१२ मा पनि युरो फाइनल खेलेको थियो । तर उपविजेतामै सीमित भएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्