ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

टिमुर तथा लौठसल्लाको बिरुवा रोपण

२०७८ असार, ३०  
वाग्मती प्रदेश
NA

रसुवा । वनस्पतिलाई खेतीको रूपमा विस्तार गरी आयस्तर बढाउने उद्देश्यले रसुवामा टिमुर तथा लौठ सल्लाको बिरुवा रोपण गरिएको छ । बाँझो बसिरहेको जमीनलाई सदुपयोग गर्दै डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा जिल्लाको उत्तरगया गाउँपालिका–१, २ र ३ मा उक्त जातका वृक्षरोपण गरेको हो ।

कार्यालय प्रमुख रामकृष्ण केसीका अनुसार यस वर्षको कार्यनीतिअनुरूप ६३ हजार ८९० लौठसल्ला एवं ५१ हजार ४१८ टिमुरको बिरुवा रोपण गरिएको छ । कार्यालयको वार्षिक समीक्षा बैठकमा उनले २२ हजार ५०० सतुवा र एक हजार ५०० कागतीका बिरुवासमेत रोपण गरिएको बताए । टिमुर तथा लौठसल्लाको खेतीले स्थानीयवासीको आयस्रोतमा वृद्धि हुने बताइएको छ ।

जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले फलफूल एवं अन्य नगदेबाली वृक्षरोपण गर्न आवश्यक रहेको बताए । टिमुरको बिरुवाबाट तीन वर्षदेखि र लौठसल्लाको बिरुवाबाट सात वर्षदेखि लाभ लिन सकिने वन अधिकृत केसीले जानकारी दिए ।

हुर्किएपछि प्रतिवर्ष लौठसल्लाको एक बोटले १० केजी बराबरको पात दिने बताइएको छ । यसको वर्तमान बजार मूल्य भने रू. २५० देखि २७५ सम्म रहेको बताइएको छ ।

रोपणको समयमै प्रत्येक बिरुवालाई छेकबार गर्नुपर्ने कार्यालयका सूचना अधिकारी बद्री ढुंगानाले बताए । तीन वर्षमै फल दिने टिमुर भने प्रतिमाना रू. १०० का दरले स्थानीयस्तरमै खपत भइरहेको वन प्राविधिक बताउँछन् ।

डढेलोका कारण उजाड बनेको गतलाङ पाखा सामुदायिक वनमा एक लाख बिरुवा रोप्ने लक्ष्य राखिएको छ । बहुवर्षे नीतिका साथ धुञ्चेस्थित कार्यालय परिसरमा नर्सरीसमेत स्थापना भएको र आगामी वर्षमा रोपण गर्ने लक्ष्य छ ।

यसैगरी ग्रामीण बासिन्दाको आयआर्जन बढाउन अन्य बिरुवा ओखर चार हजार एवं स्याउ दुई हजार ५०० गतलाङ, गोल्जुङका साथै डाँडागाउँ क्षेत्रमा वितरण गरिएको छ ।

पूर्वाधार विकासतर्फ सो कार्यालयले दिगोे नर्सरी, डाँडागाउँमा जलाधार संरक्षण, गतलाङस्थित धार्मिक उद्यान र कालिका गाउँपालिकाको स्याउबारी क्षेत्रमा पर्यटन प्रवर्द्धन पूर्वाधार निर्माण गरिएको बताएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्