ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

निर्धन उत्थान लघुवित्तको १३ % बोनस शेयर हितग्राही खातामा जम्मा 

२०७८ असार, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।

कम्पनीले गत फागुन २५ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले असार २१ गते उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको हो । गत असार २२ गतेदेखि कारोबारयोग्य भएको यो शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भइसकेकाले कारोबार गर्न सक्नेछन् ।

कम्पनीले उक्त बोनस शेयर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांशसमेत दिएको छ । कम्पनीले फागुन १० गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गरिसकेको जानकारी दिंदै त्यसपश्चात शेयर अभौतिकीकरण गराउनेहरुको हकमा पनि हितग्राही खातामै शेयर जम्मा गरिने जानकारी दिएको छ ।

कम्पनीले हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र गराई आफ्नो बोनस शेयर सुरक्षित गर्न अनुरोध गरेको छ । कम्पनीको शेयर धितोबन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा भने बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रहेको रोक्का जनाई हितग्राही खातामा जम्मा हुने हुँदा राफसाफ भइसकेको भए धितो बन्धक फुकुवा गर्नसमेत कम्पनीले भनेको छ ।

कम्पनीको शेयर रजिष्ट्राररमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्