ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आइसिएफसी फाइनान्सले १२ % ब्याजदर भुक्तानीका लागि साउन १ गते बुक क्लोज गर्ने 

२०७८ असार, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले ७ वर्षे अवधिको १२ प्रतिशत ब्याजदर रहेको ऋणपत्रको अर्धवार्षिक ब्याज भुक्तानीका लागि बुक क्लोजको मिति तय गरेको छ । 

कम्पनीले आइसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को अर्ध वार्षिक ब्याज भुक्तानीका लागि साउन १ गते एक दिन बुक क्लोज गर्ने भएको हो ।

बुक क्लोजको आधारमा असार ३१ गते बिहीवारसम्म कायम ऋणपत्रधनीहरुले मात्र उक्त ब्याज पाउनेछन् । कम्पनीले प्रतिऋणपत्र रू. १ हजार अंकित मूल्यको २ लाख कित्ता ऋणपत्र २०७६ साल फागुनमा जारी गरेको हो । 

अर्धवार्षिक ब्याज वापतको रकम कम्पनीले ऋणपत्र धनीहरुको बैंक खातामार्फतनै उपलब्ध गराउने जानकारी दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्