ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

धितोपत्र बोर्डद्वारा सम्मिश्रित वित्त व्यवस्था तथा नियमावलीको मस्यौदामा सरोकारवालासँग छलफल

२०७८ असार, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले सम्मिश्रित वित्त व्यवस्था तथा लगानी सम्बन्धमा सरोकारवालाहरुसँग छलफल तथा सुझाब संकलन गरेको छ ।

बोर्डले तयार गरेको सम्मिश्रित वित्त व्यवस्था तथा नियमावलीको मस्यौदा सम्बन्धमा सम्बन्धित निकाय तथा सरोकारवालाहरुसँग छलफल गरी राय सुझाव लिएको हो । नेपाल सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा सम्मिश्रित वित्त व्यवस्था तथा लगानीका अन्य वैकल्पिक उपकरणको व्यवस्था गरी निजी लगानी प्रवर्द्धन गर्ने कार्यक्रम रहेको र सो सम्बन्धी नियमावली तर्जुमा गरी पेश गर्ने जिम्मेवारी तोकिएको पृष्ठभूमिमा बोर्डले सम्मिश्रित वित्त व्यवस्था तथा नियमावलीको मस्यौदा तयार गरेको छ । 

मंगलवार सम्पन्न सम्मिश्रित वित्त व्यवस्था तथा लगानी सम्बन्धी छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, बीमा समितिका अध्यक्षसूर्य प्रसाद सिलवाल, बोर्डका कार्यकारी निर्देशकहरु,  अर्थ मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, उद्योग विभाग, नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएससीका प्रतिनिधीहरु, ब्रोकर तथा मर्चेन्ट बैंकर एशोसियसनका प्रतिनिधीहरु, विभिन्न लगानीकर्ता समूहका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । 

उक्त कार्यक्रममा बोर्डका कायम मुकायम कार्यकारी निर्देशक विनयदेव आचार्यले स्वागत मन्तव्य तथा कार्यक्रमबारे प्रकाश पारेका थिए भने सम्मिश्रित वित्त सम्बन्धी विज्ञ प्रा.डा. अच्युत वाग्लेले सम्मिश्रित वित्त सम्बन्धी धारणा, अन्तराष्ट्रिय अभ्यास र नेपालको सन्दर्भ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । 

साथै उक्त कार्यक्रममा बोर्डका उप कार्यकारी निर्देशक डा.नवराज अधिकारीले सम्मिश्रित वित्त व्यवस्था तथा लगानी सम्बन्धी प्रस्तावित नियमावलीको व्यवस्थासम्बन्धी प्रस्तुती दिएका थिए । 

कार्यक्रममा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नेपाल सरकारको पूँजीबजार सम्बन्धी विषयको सल्लाहकार तथा पूँजीबजारको नियामक निकायको भूमिका बोर्डले निर्वाह गर्नुपर्ने परिप्रेक्ष्यमा नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरुप यस विषयलाई अगाडि बढाइएको जानकारी दिएका थिए । 

उनले सम्मिश्रित वित्त एउटा नयाँ धारणा तथा पद्धतिका रुपमा विकास भएको र यसको माध्यमबाट दिगो विकासको लक्ष्य हासिल गर्न निजी पूँजी प्रवाहमा गतिशिलता आउने तथा निजी क्षेत्रलाई लगानीको नयाँ अवसर प्राप्त हुने धारणा समेत व्यक्त गरेका थिए । 

त्यस्तै, कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कार्यक्रमका प्रस्तुतिकर्ता तथा सम्पूर्ण सहभागि महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै बोर्डले सम्मिश्रित वित्त व्यवस्थाका सम्बन्धमा उत्प्रेरकको भूमिका निर्वाह गर्न खोजेको धारणा राखेका थिए । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्