ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

 प्रि - ओपन सेसनमा नेप्से ११.०३ अंकले बढ्यो

२०७८ असार, ३०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, काठमाडौैं । साताको चौथो कारोबार दिन बुधवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ११ दशमलव शून्य ३ अंक बढेको छ । 
प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ८८२ दशमलव शून्य ७ विन्दुमा पुगेको हो । यस अवधिमा ३५ ओटा कम्पनीको ७ हजार ७०८ कित्ता शेयरको रू.३६ लाख ९२ हजार बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका ३५ ओटा कम्पनीमध्ये सबैभन्दा बढी ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ ।कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७८१ पुगेको हो ।

त्यसैगरी उक्त अवधिसम्ममा शेयरमूल्य घट्नेमा बरुण हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ प्रतिशतले घटेको हो ।

 कारोबारमा आएका ती कम्पनीहरु मध्ये २३ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने पाँच ओटा कम्पनीको घटेको छ । त्यसैगरी  साता ओटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्