ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

उकालो लाग्ने क्रममा सुनको मूल्य : बुधवार ३०० रुपैयाँले वृद्धि

२०७८ असार, ३०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, काठमाडौं । नेपाली बजारमा बुधवार पनि सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार रू. २०० ले बढेको सुनको भाउ बुधवार रू. ३०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ७०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार २०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको थियो । 

यस्तै, बुधवार चाँदीको मूल्य भने घटेको छ । मंगलवार प्रतितोला रू. १ हजार ३२० मा कारोबार भएको चाँदी बुधवार रू. ५ ले घटेर रू. १ हजार ३१५ मा खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्